एजेन्सी । जाडोको मौसममा कतिपय मानिसलाई सीजनल इफेक्टिव डिसअर्डर नामक समस्या हुन्छ ।
यस्तो समस्या हुँदा व्यक्तिको ऊर्जा र मनोबल एकदमै कम हुन्छ । साथमा चिसो मौसममा मानिसलाई धेरै नै अल्छीपना पनि आउने गर्छ र बाहिर जाने, हिँडडुल गर्ने घरमा काम गर्ने कुनै कुरामा जाँगर चल्दैन ।
यस मौसममा एउटा स्वस्थ खानपान अपनाएर यस्तो समस्याबाट छुट्कारा पाउन सकिन्छ । यी चिजहरुमा भिटामिन, मिनरल्स तथा एन्टीअक्सीडेन्ट्स गुण भरपपूर मात्रामा पाइन्छ ।
यदि तपाईं पनि चिसो मौसममा थकान, अल्छीपना र कम ऊर्जा भएको महसुस गर्नुभएको छ भने यी सुपरफूड्स खानपानमा समावेश गर्नुहोस ।
बेरीज– एन्टीअक्सीडेन्ट तथा भिटामिनले भरपूर, ब्लुबेरी, स्ट्रबेरी आदि बेरीजले रगतको बहावमा सुधार ल्याउँछन् र दिमागको कार्यक्षमता बढाउँछ । जसले गर्दा शरीरमा ऊर्जाको स्तर पनि बढ्दै जान्छ ।
पालक– आइरनले भरपूर, पालकले पनि शरीरमा अक्सीजन प्रवाह र मेटाबोलिज्ममा सुधार ल्याउँछ । यसले गर्दा थकानबाट राहत पाउन सकिन्छ ।
किनोआ– यसमा प्रोटीनको मात्रा एकदमै धेरै हुन्छ जसले सम्पूर्ण दिन ऊर्जा बनाउँछ । त्यसैले बिहानको नास्ता वा खानामा किनोआलाई समावेश गराउनुहोस् ।
चिया सीड्स– ओमेगा–३ फ्याटी एसिड, फाइबर र प्रोटिनले भरपूर चिया सीड्सले तपाईंलाई भित्रैदेखि बलियो बनाउँछ र शरीरमा ब्लड सुगरलाई नियन्त्रित राख्दछ । जसले गर्दा तपाईंको ऊर्जा कम हुँदैन ।
दही– प्रोटिन तथा क्याल्सियमले भरपूर दहीले रगतमा चिनीको मात्रा पनि नियन्त्रित राख्छ र पाचनलाई बढावा दिन्छ जसले गर्दा शरीरमा ऊर्जा प्राप्त हुन्छ ।
शखरखण्ड– यसलाई गन्जी पनि भन्ने गरिन्छ । यसमा फाइबर र कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । यो खानाले शरीरमा भएको ऊर्जा एकैपटक रिलीज नभएर सुस्तसुस्त हुन्छ । जसले गर्दा तपाईंलाई पेट भरिएको महसुस भइरहन्छ र अल्छीपना हराउँछ ।
बदाम– बदाममा म्याग्नेशियम र स्वस्थ फ्याट भरपूर मात्रामा हुन्छ । यो खानाले शरीरलाई ऊर्जा प्राप्त हुन्छ र थकान कम हुन्छ ।
Facebook Comment
Comment