सामाजिक सञ्जालमा भाइरल भइरहेका जस्तै तस्वीर बनाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

नेपालभ्युज

सामाजिक सञ्जालमा भाइरल भइरहेका जस्तै तस्वीर बनाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । केही दिनदेखि सामाजिक सञ्जालमा विभिन्न लोकेशनमा चिया पिएको र बच्चाले मःम बोकेर भागेकोलगायत तस्वीर भाइरल छन् ।

आकर्षक ग्राफिक्सयुक्त त्यस्ता तस्वीरहरुले धेरैको ध्यान तानेको छ । र, झनपछि झन् सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त प्रकारका तस्वीर बनाएर सार्वजनिक गर्ने ट्रेण्ड नै चलेको छ ।

तपाईंलाई पनि लागेको होला–यस्ता तस्वीर कसले, कसरी बनायो होला ? तस्वीरमा सजिएका ती मानिस कहाँका होलान् ।

खासमा ती तस्वीर व्यक्ति विशेषले बनाएको होइन । ती तस्वीर बनाएको हो– एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स टुलले ।

यदि तपाईं पनि सामाजिक सञ्जालमा देखिएका जस्ता तस्वीर बनाउन चाहनुहुन्छ भने त्यसका लागि सबैभन्दा उपयुक्त टुल हो, बिङ एआई । यो टुल माइक्रोसफ्टले ओपनएआईको ड्यालईलाई इन्ट्रिगेट गरेर तयार पारेको हो ।

तपाईं विन्डोज प्रयोगकर्ता हुनुहुन्छ भने एज ब्राउजरबाट सोझै यो टुल प्रयोग गर्न सक्नुहुन्छ । त्यसबाहेक अन्य ब्राउजर, एन्ड्रोइड तथा आईओएसबाट पनि यो टुल प्रयोग गर्न सकिन्छ ।

बिङ एआईमा च्याट भन्ने अप्सन हुन्छ, जहाँ गएर तपाईंले प्रश्न सोध्न वा तपाईंले चाहेजस्तो तस्वीर बनाइदिन अनुरोध गर्न सक्नुहुनेछ । त्यसपछि हामीले दिएको सूचनाका आधारमा एआईले स्केच वा ग्राफिक्स बनाएर पठाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved