कपाल स्ट्रेट गरेपछि ध्यान दिनुपर्ने कुरा

नेपालभ्युज

कपाल स्ट्रेट गरेपछि ध्यान दिनुपर्ने कुरा

एजेन्सी । अहिलेको समयमा कपाल स्ट्रेट गर्ने धेरै युवतीहरुको रोजाई विषय हो । त्यो त पुरुष होस् वा महिला आफूलाई सुन्दर तथा आकर्षक देखाउनका लागि कपाल स्ट्रेट गर्ने चलन चलिरहेको छ ।

यस्तोमा तपाईंले पनि यदी कपाल स्ट्रेट गर्नुभएको छ भने त्यसपछि कपालमा ध्यान दिनुपर्ने केही कुराहरु पनि जान्न जरुरी हुन्छ ।

सौन्दर्य तथा कपाल विशेषज्ञका अनुसार कपाल स्ट्रेट गर्न अब सुरक्षित नै मानिन्छ तर कतिपय गलत उत्पादनको प्रयोगले कपाललाई हानी पुर्याउन सक्छ ।

यसबाहेक गर्भवती महिलाले पनि कपाल स्ट्रेट गर्नु हुँदैन । कपाल स्ट्रेट गरेपछि लामो समय सुन्दर तथा उस्तै बनाइराख्न ध्यान दिनुपर्ने कुराहरुबारे जानौं ।

कपाललाई स्ट्रेट गरेपछि तुरुन्तै स्याम्पुको प्रयोग गर्नु हुँदैन । तुरुन्तै स्याम्पुले धुँदा तपाईंको कपाल रुखो हुने सम्भावना अत्यधिक हुन्छ ।

कपाल स्ट्रेट गरेपछि अल्झिएको खण्डमा सुल्झाउनका लागि पातलो काँईयोको प्रयोग गर्नु हुँदैन । यसले कपाललाई नोक्सान हुन सक्छ । यसको ठाउँमा मोटो काँईयोको प्रयोग गर्न सकिन्छ ।

स्ट्रेट गरेको कपाललाई नियमित रुपमा कन्डिसनर लगाउन भुल्नु हुँदैन । कन्डीसनर नगर्दा कपाललाई पोषण प्राप्त हुँदैन जसले गर्दा झर्ने समस्या हुन सक्छ ।

कपाललाई एकदमै कडा गरेर बाँध्नु हुँदैन । यसले कपाल कमजोर हुने तथा टुक्रिने अल्झिने समस्या हुन्छ ।

कपाल स्ट्रेट गराएपछि कुनै प्रकारको समस्या झेलिरहनु भएको छ भने डाक्टरसँग अवश्य सल्लाह लिनुहोस् । कतिपय अवस्थामा क्यामिकलयुक्त सामग्रीको प्रयोगले शरीरमा खराब असर गरिरहेको पनि हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved