भूकम्पपीडितको अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाउने सरकारको निर्णय

नेपालभ्युज

भूकम्पपीडितको अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले भूकम्पपीडितको अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितको अस्थायी आवास बनाउन नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी खटाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्, ‘अस्थायी आवास निर्माणमा समस्या भयो भन्ने आइसके पछाडि अस्थायी आवास निर्माणका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति बनेको हुन्छ, त्यसैको सिफारिसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाउने भन्ने निर्णय भएको छ ।’

गत कात्तिक १७ गतेको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिमका हजारौं परिवार घरवारविहीन भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved