जाडोमा पिउनुहोस् एक कप अदुवा पानी, हुन्छ यस्तो फाइदा

नेपाल भ्युज

जाडोमा पिउनुहोस् एक कप अदुवा पानी, हुन्छ यस्तो फाइदा

एजेन्सी । जाडोमा अदुवा पानीले कयौं प्रकारका रोगबाट बचाउन सहयोग  गर्छ । यसको पानी पिउनु कुनै औषधि भन्दा कम हुँदैन । यसले शरीरको इम्यूनिटी बलियो बनाउनुका साथै चिसोबाट पनि जोगाउँछ ।

यदि तपाईंलाई रगतमा सुगरको मात्रा नियन्त्रण गर्नु छ भने अदुवाको पानीको सेवन गर्न सकिन्छ । यसले भोक नियन्त्रण गर्ने काम गर्छ ।

अदुवा पानीको सेवनले शरीर हाइड्रेट रहन्छ । जसले गर्दा विभिन्न समस्या आफै कम हुन्छन् ।

तपाईंलाई पाचन सम्बन्धी कुनै समस्या छ भने पनि अदुवा पानी फाइदाजनक हुन्छ । यसले कब्जियत, अपच जस्ता समस्यालाई निको पार्छ ।

छाला र कपालका लागि पनि अदुवा पानी एकदमै राम्रो मानिन्छ । यसमा पाइने भिटामिन ए र सी ले कपाल तथा छालाको समस्या कम गर्छ ।

अदुवा पानीले कोलेस्ट्रोल पनि कम गर्न सकिन्छ । यो मुटुका लागि पनि फाइदाजनक मानिन्छ ।

अदुवा पानी पिउनु थाइराइडको समस्याका लागि पनि फाइदाजनक हुन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved