क्रिकेटमा भारतको हारमा प्रसंशकले अमिताभ बच्चनसँग किन प्रश्न गरे ?

नेपाल भ्युज

क्रिकेटमा भारतको हारमा प्रसंशकले अमिताभ बच्चनसँग किन प्रश्न गरे ?

एजेन्सी । आईसीसी वर्ल्ड कप २०२३ को फाइनलमा भारत अस्ट्रेलियासँग पराजित भयो ।

यो हारमा भारतीय क्रिकेट प्रेमी निरास छन् । यसैबीच कतिपय भारतीयले सामाजिक सञ्जालमा अमिताभ बच्चनसँग सोधिरहेका छन्, के उनले फाइनल खेल हेरेका थिए ?

अमिताभ बच्चनले आफ्नो सोसल अकाउन्टमा एउटा स्टाटस साझा गरेका छन्, जसमा लेखिएको छ, “केही छैन”, यसमा युजर्सले अमिताभ बच्चनसँग कैयौं प्रश्न गरेका छन् ।

खासमा, विश्वकपको सेमिफाइनलमा भारतले जब न्यूजील्यान्डलाई हराएको थियो, त्यतिबेला बिग बीले पोस्ट लेखेका थिए । “जब मैले म्याच हेर्दिन त्यतिबेला हामीले जित्छौं ।” त्यसपछि प्रसशंकले आग्रह गरेका थिए कि तपाईंले कृपया फाइनल खेल नहेर्नुहोला ।

अब भारतीय क्रिकेट टीमले फाइनल हारेको छ यस्तोमा युजर्सले अमिताभ बच्चनसँग प्रश्न गरिरहेका छन् । एक युजरले लेखेका छन्, “यो केही छैनमा धेरै कुरा लुकेको छ”, त्यस्तै अर्कोले लेखेका छन्, “त्यसोभए आज गल्ती गर्नुभयो आखिर तपाईंले खेल हेरेर ।”

त्यस्तै धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले अमिताभ बच्चनले खेल हेरेर गल्ती गरेको प्रतिक्रिया दिइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved