उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि यसरी बिदाइ गरियो छठ (फोटाहरू)

काठमाडौंमा छठघाटहरू विशेष किसिमले सजाइएको छ । विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरू सिँगारेर झकिझकाउ थियो ।

उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि यसरी बिदाइ गरियो छठ (फोटाहरू)

काठमाडौं। पूर्व क्षितिजबाट उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि चारदिने छठ पर्व सकिएको छ ।

शुक्रबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका व्रतालुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएका हुन् ।

यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् चाड छठको उल्लास सकिएको छ ।

काठमाडौंका छठघाट पनि विशेष किसिमले सजाइएको छ । विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशय सिँगारेर झकिझकाउ थियो ।

कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ । ‘सँझिया घाटे’ भनिने षष्ठीको दिनलाई छठको मुख्य दिन मानिन्छ ।

छठ पर्व विशेष गरी नेपालको मध्य र पूर्वी तराईमा मनाइने गरिएको भए पनि पछिल्लो समयमा काठमाडौं, हेटौँडा, चितवनलगायतका पहाडी र भित्री मधेशका जिल्लामा समेत उल्लासका साथ मनाउने गरिन्छ ।

हेरौँ केही फोटोहरू –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved