एजेन्सी । दैनिक ३० मिनेट कसरत गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, केही दिन कसरत गरेपछि बीचमा छोड्नु शरीरका लागि नोक्सानदायक पनि हुनसक्छ ।
कसरत गर्नाले शरीरका मांसपेशीहरू बलियो हुन्छन् । तर, कसरतलाई बीचमा छोड्नु भने मांसपेशीहरू कमजोर हुनुका साथै यसको वृद्धि पनि रोकिन्छ ।
दैनिक कसरत गर्दा शरीरसँगै रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ । यदि तपाईं कसरत गर्नुभएन भने यसले तपाईंको रोग प्रतिरोधात्मक क्षमता पनि कम हुन थाल्छ । जसले गर्दा तपाईं विमारी हुन सक्नुहुन्छ ।
भागदौडपूर्ण जीवनमा मानिस कैयौं कारणले तनावमा रहन्छ । यस्तोमा तनावलाई टाढा भगाउनका लागि योग वा कसरत गर्नु एकदमै फाइदाजनक हुन्छ । यदी तपाईं कसरतका बीचमा कहिले गर्ने कहिले नगर्ने गर्नुभयो भने यसले तनाव बढ्ने कारण बन्न सक्छ ।
आठ घण्टाको निद्रा स्वास्थ्यका लागि एकदमै जरुरी हुन्छ । यस्तोमा राम्रोसँग कसरत गर्दा तपाईंलाई राम्रो निद्रा लाग्छ । यदी तपाईं कसरत गर्नुभएन भने तपाईंको निद्राको प्याट्रनमा पनि परिवर्तन आउँछ ।
राम्रोसँग कसरत गर्नाले तपाईंलाई डिप्रेशनबाट बाहिर निकाल्न पनि सहयोग गर्छ । कसरत गर्नाले शरीरमा ऊर्जा बनिरहन्छ । साथमा यसले मुड पनि राम्रो बनाउँछ । तर नियमितरूपमा कसरत नगर्दा तपाईं डिप्रेशनमा पनि जान सक्नुहुन्छ ।
Facebook Comment
Comment