कांग्रेसले बुझायो प्रधानमन्त्रीमार्फत भूकम्प पीडितलाई ५० लाख

एकीकृत समाजवादीले पनि दियो २५ लाख

नेपालभ्युज

कांग्रेसले बुझायो प्रधानमन्त्रीमार्फत भूकम्प पीडितलाई ५० लाख

काठमाडौं । नेपाली कांग्रेस र एकीकृत समाजवादीले भूकम्पपीडितका लागि दिने भनेको राहत रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन् ।

मंगलबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५० लाख रुपैयाँको चेक बुझाएका हुन् ।

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि २५ लाख रुपैयाँको चेक बुझाएका छन् ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत एवं उद्धारका लागि उनीहरुले बालुवाटार पुगेर चेक बुझाएका हुन् ।

सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ ।

शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पका परी १५१ जनाको मृत्यु भएको छ । २ सयभन्दा बढी घाइते भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved