भूकम्पपीडितलाई विप्लव नेतृत्वको नेकपाले २५ क्विन्टल चामल दिने

नेपालभ्युज

भूकम्पपीडितलाई विप्लव नेतृत्वको नेकपाले २५ क्विन्टल चामल दिने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जाजरकोट भूकम्पपीडितलाई राहतस्वरुप करिब २५ क्विन्टल चामल दिने भएको छ ।

पार्टीको शनिबार बसेको उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले पार्टी कोषबाट १ लाख रुपैयाँ राज्यको राहत कोषमा जम्मा गर्ने पनि निर्णय गरेको छ ।

कम्तिमा १३८ जनाको मृत्यु हुनेगरी गएको भूकम्पमा परी १६० भन्दा बढी घाइते भएका छन् ।

भूकम्पपछि सरकारले राहत र उद्धारमा गरेको प्रयास सकारात्मक भएको नेकपाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved