छोरा भेट्न सेन्टर जेल पुगे महरा

नेपालभ्युज

छोरा भेट्न सेन्टर जेल पुगे महरा

काठमाडौं । सुन तस्करी प्ररकणमा जेल परेका राहुल महरालाई भेट्न बुवा कृष्णबहादुर महरा सेन्टर जेल गएका छन् ।

माओवादी उपाध्यक्षसमेत रहेका पूर्वसभामुख महरा छोरालाई भेट्न सोमबार सुन्धारास्थित जगन्नाथदेवलको केन्द्रीय कारागार पुगेका हुन् ।

राहुललाई भेट्न उनकी पत्नीसँगै भाइ निर्मल पनि कारागार पुगेका थिए ।

विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको करिब ९ केजी सुन तस्करी अभियोगमा राहुल महरा पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

शुक्रबार जिल्ला अदालत काठमाडौंले महारालाई थुनामा राख्न अनुमति दिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved