सुन तस्करी प्रकरण: महराका छोरा राहुल पुर्पक्षका लागि थुनामा

नेपालभ्युज

सुन तस्करी प्रकरण: महराका छोरा राहुल पुर्पक्षका लागि थुनामा

काठमाडौं । सुन तस्करीको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले  शुक्रबार थुनछेक बहसपछि महरालाई थुनामा पठाउन आदेश दिएको हो ।

स्रेस्तेदार रामु शर्माका अनुसार अदालतले घटनामा उनी संलग्न रहेको प्रारम्भिक निष्कर्ष निकाल्दै थुनामा पठाउनुपर्ने आदेश गरेको हो ।

आपराधिक विश्वासघात ,भन्सार चोरी तथा संगठीत अपराध सम्बन्धी कसुरको आरोपमा जिल्ला अदालत काठमाडौंमा महरा लगायत ४ जनामाथि मुद्दा चलेको थियो ।

भेपभित्र सुन लुकाएर ल्याउने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले राहुलमाथि अनुसन्धान गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved