अमेरिकामा संघीय शटडाउनको संकट टर्‍यो, मंसिरसम्मको खर्च स्वीकृति

नेपालभ्युज

अमेरिकामा संघीय शटडाउनको संकट टर्‍यो, मंसिरसम्मको खर्च स्वीकृति

एजेन्सी। अमेरिकामा संघीय शटडाउनको संकट अहिलेको लागि टरेको छ। अमेरिकी संसदको दुवै सदन बन्द हुने संकटबाट बच्ने सम्झौता अनुमोदन भएको छ ।

मंसिर मसान्तसम्म सरकारी काम सञ्चालन गर्न आवश्यक पर्ने खर्चका लागि रकम स्वीकृत भएको छ । तर यसमा युक्रेनलाई नयाँ सहायताको लागत समावेश छैन।

सिनेटमा शटइडाउको संकट रोक्न ल्याइएको विधेयक ८८ मतले स्वीकृत भएको थियो । सदनका सभामुख केभिन म्याकार्थीले ४५ दिनका लागि अत्यावश्यक खर्चको व्यवस्था गर्न बिल प्रस्ताव गरेका थिए।

विधेयकमा राष्ट्रपतिको हस्ताक्षर भएसँगै संघीय सेवामा देखिएको गतिरोधको सम्भावना अन्त्य हुनेछ ।

बन्दको अवस्थामा हजारौं संघीय कर्मचारीहरूलाई तलब बिना घर बस्न भन्न सकिन्छ। जसका कारण सरकारी सेवा ठप्प हुन्थ्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved