संविधान कार्यान्वयनमा जोडबल गर्न कांग्रेस नेताहरुलाई सिटौलाको आग्रह

नेपालभ्युज

संविधान कार्यान्वयनमा जोडबल गर्न कांग्रेस नेताहरुलाई सिटौलाको आग्रह

काठमाडौं ।  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनमा जोडबल गर्न आफ्नै पार्टीका नेताहरुलाई आग्रह गरेका छन् । बुधवार बिपी साहित्य महोत्सव २०८० मा आयोजित ‘बिपीको विचार, आजको संविधान र अबको बाटो विषयक अन्तरक्रियामा बोल्दै नेता सिटौलाले कांग्रेसका नेताहरुले संविधान कार्यान्वयनमा जोडबल गर्नुपर्ने बताएका हुन् ।

उनले संविधानलाई एकपटक कार्यान्वयन गरेर मात्रै मुल्यांकन र पुनरावलोकन गर्न सुझाव दिए । उनले संविधान कार्यान्वयनको सन्दर्भमा गाडि किनेर ल्याउने तर तेल नहाल्ने र ड्राइभर नराख्ने अवस्था भएको टिप्पणी गरे । उनले आफूले संविधान जारी गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको उल्लेख गर्दै त्यसपछिको दुई कार्यकाल आफू संसदमा प्रवेश गर्न नपाउनुलाई ‘ट्राजेडी’ को संज्ञा समेत दिए । नेता सिटौलाले संविधान जारी भएपछि नेपालको विकास मोडेलमा पनि परिवर्तन हुनुपर्नेमा त्यसो हुन नसकेको बताए ।

‘मेरो आफ्नो ट्राजेडी संविधान जारी गर्ने बेलामा महत्वपूर्ण भुमिका निर्वाह गर्न पाएँ । तर निर्वाचनपछि दुई कार्यकाल म संसदमा प्रवेश गर्न त पाइँन’ उनले भने,  ‘म तपाईहरुसँग के आग्रह गर्न चाहन्छु भने नेपाली कांग्रेस पार्टीका जति साथीहरु संसदमा हुनुहुन्छ, प्रदेशमा हुनुहुन्छ । तपाईहरु जहाँ जहाँ हुनुहुन्छ, तपाईहरुले संविधानको कार्यान्वयनमा एकपटक जोडबल त गर्नुस् ।’

उनले पुरानै केन्द्रिकृत तथा एकात्मक सोँचले संविधानको कार्यान्वयन गर्न नसकिने बताए । केन्द्रिकृत मानसिकतालाई परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved