काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधान विश्वस्तरमै उत्कृष्ट रहेको बताएकी छन् । मंगलवार संविधान दिवस २०८० को अवसरमा चलचित्र विकास बोर्डमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोह २०८० लाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले अहिलेको व्यवस्थाले तल भन्दा तलका मान्छेलाई सिंहदरबार भित्र्याउने काम गरेको भन्दै यो सकारात्मक कदम भएको बताईन् । उनले व्यवस्था बदले पनि अवस्था बदल्न नसकेको भन्दै मान्छेको जीवनमा परिवर्तनको अनुभुति गर्ने गरेर राज्यले अवस्था बदल्नुपर्ने बताईन्। उनले यही व्यवस्था अन्तर्गत राज्य सञ्चालन गरेकाहरुले गरेको गल्तीबाट यो व्यवस्था बेठिक भएको हो की के हो भन्ने प्रश्न उठेको पनि बताईन् ।
‘भर्खरै मात्रै सरकारले नागरिकता सम्बन्धी नियमावली २०८० पारित गरेको छ । जसले आमाले नागरिकता अलि सजिलो गरी दिन पाउने व्यवस्था भएको छ’ मान्छेको जीवनमा परिवर्तनको अनुभुति गर्ने गरेर राज्यले जे व्यवस्था गर्नुपर्ने हो त्यो हुन सकेको छैन’ उनले भनिन् ‘सबै काम राम्रा भइरहेका छैनन् । यही व्यवस्था अन्तर्गत राज्य सञ्चालन गरेकाहरुले गरेको गल्तीबाट यो व्यवस्था बेठिक भएको हो की के हो भन्ने प्रश्न छन् ।’
मन्त्री शर्माले समाजवादमा पुग्नका निमित्त शिक्षा, स्वास्थ्य लगायतका मौलिक अधिकारहरु निःशुल्क र गुणस्तरीय बनाएको बताईन् ।
Facebook Comment
Comment