कांग्रेस संस्थापनइतर पक्षको बैठकमा गठबन्धन तोड्नेबारे छलफल

आगामी निर्वाचनमा एक्लै लडेर कांग्रेसले बहुमत ल्याउनुपर्ने भन्दै नेताहरुले गठबन्धनको विपक्षमा मत राखेका हुन् ।

नेपाल भ्युज

कांग्रेस संस्थापनइतर पक्षको बैठकमा गठबन्धन तोड्नेबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठकमा अहिलेको सत्तागठबन्धन तोड्नेबारे छलफल भएको छ । आगामी निर्वाचनमा एक्लै लडेर कांग्रेसले बहुमत ल्याउनुपर्ने भन्दै नेताहरुले गठबन्धनको विपक्षमा मत राखेका हुन् ।

कांग्रेस नेता शेखर कोइरालाले पार्टीको केन्द्रीय समिति बैठक बस्नुपूर्व बोलाएको इतर पक्षको भेलामा सहभागी अधिकांशले कांग्रेस एक्लै अघि बढ्नुपर्ने तर्क गरेका हुन् ।

कोइरालानिवास बालुवाटारमा बसेको बैठकमा केन्द्रीय समिति बैठकसँगै महासमिति बैठकका एजेण्डाबारे पनि छलफल भएको नेताहरुले बताएका छन् ।

बैठकले पार्टीलाई अघिल्लो केन्द्रीय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरुप चलाउनुपर्नेमा पनि जोड दिएको नेता दिलेन्द्रप्रसाद बडूले बताए ।

बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, मीनेन्द्र रिजाल, दिलेन्द्र बडू, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णप्रसाद नेपाली, दिनेश कोइरालालगायत नेताहरु सहभागी थिए ।

बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेललाई पनि बोलाइएको थियो । तर उनीहरु बैठकमा सहभागी भएनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved