वाइसिएल पूर्वअध्यक्ष दीपशिखा कोरियाली प्रहरीको नियन्त्रणमा

नेपालभ्युज

वाइसिएल पूर्वअध्यक्ष दीपशिखा कोरियाली प्रहरीको नियन्त्रणमा

काठमाडौं । माओवादी नेता एवम् वाइसिएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ कोरियाली प्रहरीको नियन्त्रणमा परेका छन् ।

कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकुरेलका लागि नेपालबाट लगिदिएको औषधिको प्रेस्क्रिप्सन नभएका कारण उनलाई कोरियाली प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएको कुरालाई उनले सामाजिक सञ्जालमार्फत स्वीकारेका छन् । नियतवश गल्ती नगरेको भन्दै उनले आफूमाथि थप पीडा नदिन पनि आग्रह गरेका छन् । उनले कागजात मिलेपछि नेपाल फर्कने पनि बताएका छन् ।

सापकोटा कोरियाली प्रहरीको नियन्त्रणमा परेको कुरालाई दूतावासले पनि स्वीकारेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved