फेरि पार्टीको नाम फेर्ने तयारीमा माओवादी केन्द्र

नेपालभ्युज

फेरि पार्टीको नाम फेर्ने तयारीमा माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले फेरि पार्टीको नाम फेर्ने तयारी गरेको छ । अन्य कम्युनिस्ट पार्टीहरुसँग एकता गर्ने शर्तमा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने तयारी गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरी तल्ला कमिटीमा पठाएको सर्कुलरमा नै पार्टीको नाम फेर्नेबारे उल्लेख छ ।

‘पार्टीले जारी गरेको सर्कुलरमा भनिएको छ– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ ।

ध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीन भ्रमणमा जानुअघि बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले यस्तो निर्णय गरेको हो ।

माओवादीले मंसिरमा विधान महाधिवेशन गर्ने र त्यसपछि विशेष महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

पार्टी एकताको उद्देश्यसहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपाको समाजवादी मोर्चा बनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved