पोखरामा यतीले सुरु गर्‍यो रात्रिकालीन उडान

नेपाल भ्युज

पोखरामा यतीले सुरु गर्‍यो रात्रिकालीन उडान

काठमाडौं।  पोखराका लागि दैनिक ६ वटा उडान गर्दै आएको यतीले रात्रिकालीन उडान सुरु गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट यती एयरलाइन्सले रात्रिकालीन उडान (आईएफआर उडान) सुरु गरेको हो । आइतबारदेखि लागू हुनेगरी तालिका मिलाएको यती एयरलाइन्सले जनाएको छ ।

रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ ५ः३० बजे उडान न एनवाईटी ६८३ र पोखराबाट साँझ ६ः२० बजे उडान नम्बर एनवाईटी ६८४ मार्फत तालिका मिलाएको एयरलाइन्स जनायो ।

अहिले साँझ एउटा मात्र उडान रहे पनि यात्रुको मागअनुसार उडान संख्या थप्ने एयरलाइन्सको योजना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved