अमेरिका पुगेका प्रधानमन्त्रीले भने : विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था गरिनेछ

अमेरिका पुगेका प्रधानमन्त्रीले भने : विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था गरिनेछ

न्युयोर्क। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने बताएका छन् ।

संयुक्त राष्ट्र संघको ७८औं महासभामा सहभागी हुन आइतबार न्युयोर्क आएका प्रधानमन्त्री प्रचण्डले पत्रकारसँगको भेटमा यस्तो बताएका हुन् ।

विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई भनिसकेको जानकारी दिँदै उनले कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन नदिने बताए । उनले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै अब त्यसको नियमनका लागि विशेष पहल गर्ने पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताए । उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरूलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको आरोप लगाए।

प्रधानमन्त्री प्रचण्डलाई संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रतिनिधि एवं राजदूत लोकबहादुर थापाले स्वागत गरेका थिए। प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसेससँग पनि भेटवार्ता गरेका छन् ।

महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साइडलाइन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । उनले अल्पविकसित राष्ट्रको अध्यक्ष भएका कारण पनि अहिले महासभामा सहभागी हुनै परेको बताए ।

प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved