हरितालिका तीज, शिवालयहरूमा व्रतालु महिलाको घुइँचो (तस्वीरहरू)

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ ।

हरितालिका तीज, शिवालयहरूमा व्रतालु महिलाको घुइँचो (तस्वीरहरू)

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन आज हरितालिका तीज देशभर हिन्दू नारीले  देवाधिदेव भगवान् शिवको पूजा आराधना गरी मनाउँदै छन् ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले  पाशुपत क्षेत्रको गौरीघाटमा तपस्या गरेर भगवान् शिव पति पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।

आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने विश्वास रहँदै आएको छ ।

हरितालिकाको यस्तो छ व्रतकथा –

पार्वतीका पिता हिमालयले उनको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि पार्वतीले आफ्नो समस्या साथीहरूलाई सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए ।

साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत बसिन् र महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती, साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको जनविश्वास छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । तस्बिरमा हरितालिका तिजमा गोकर्णेश्वर महादेवमा भगवान् शिवको पूजाआराधना गर्दै श्रद्धालुहरू :-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved