प्याजबाट सजिलै बनाउन सकिन्छ करेसाबारीका लागि मल

नेपालभ्युज

प्याजबाट सजिलै बनाउन सकिन्छ करेसाबारीका लागि मल

एजेन्सी । प्याज एउटा यस्तो तरकारी हो जसलाई खानामा स्वाद बढाउनका लागि देखि लिएर सलादका रूपमा पनि प्रयोग गरिन्छ । तर, यसको बोक्रालाई हामीले सधैं फाल्ने गर्दछौं । यदि, तपाईंको करेसाबारी वा गमलाहरू छन् भने प्याजको बोक्रालाई नफाल्नुहोस् । यसको बोक्रालाई करेसाबारीमा प्रयोग गर्न सकिन्छ ।

– करेसाबारीका लागि प्याजको बोक्राबाट फर्टिलाइजर वा मल तयार गर्न सकिन्छ । यसले कम्पोस्ट पनि तयार गर्न सकिन्छ ।

– त्यसका लागि तपाईंले सबैभन्दा पहिला करेसाबारीको माटोमा प्याजका बोक्राहरू राख्नुहोस् ।

– माटोमा एकदमै छिटो प्याजका बोक्रा कुहिन्छन् र माटोलाई पोटासियम तथा क्याल्सियम प्रदान गर्दछ ।

– प्याजको बोक्राले करेसाबारीमा भएका बिरुवाहरूको वृद्धि विकासमा एकदमै सहयोग मिल्छ ।

– प्याजमा एन्टिमाइक्रोबियल क्वालिटिज हुन्छ । यसको कारणले यसका बोक्रा विरुवाको जरालाई बलियो बनाउने काम गर्दछन् ।

– प्याजको बोक्राबाट अर्गानिक मल तयार गर्न सकिन्छ । यसले विरुवाको वृद्धि विकासमा सहयोग पुग्छ ।

– एक कचौरा प्याजको बोक्रा लिएर त्यसलाई २४ घण्टाका लागि पानीमा भिजाउनुहोस् । त्यसपछि उक्त पानीलाई छानेर त्यसलाई पनि मलिलो पानीको रूपमा प्रयोग गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved