ग्यालेक्सी टीभीका सञ्चालक जीबी राईका साझेदार रम्तेल* पक्राउ

सहकारीका पूर्व अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसहित ६ जना विरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति जारी भएको छ ।

नेपालभ्युज

ग्यालेक्सी टीभीका सञ्चालक जीबी राईका साझेदार रम्तेल* पक्राउ

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारीका सञ्चालक समेत रहेका ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जीबी राईका साझेदार कुमार रम्तेल पक्राउ परेका छन् ।

उक्त सहकारीका कोषाध्यक्ष समेत रहेका रम्तेललाई उपत्यका अपराध अनुसन्धान महाशाखाले काठमाडौँबाट सोमबार पक्राउ गरेको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ ।

रम्तेल अहिले उपत्यका अपराध अनुसन्धान महाशाखा, मिनभवनको हिरासतमा छन् । राई समूहको सहकारीविरुद्ध ९ सय ७१ बचतकर्ताहरूले आफ्नो १ अर्ब ८ करोड ११ लाख ८६ हजार ८ सय ३९ रूपैयाँ डुबेको भन्दै उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले भदौ २२ गते जिल्ला अदालत, कास्कीमा मुद्दा दर्ता गरेका थिए ।

सहकारीका पूर्व अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसहित ६ जना विरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति जारी भएको छ ।

(*भुलसुधारः यसअघि भुलवश जीबी राईका साझेदार कुमार रम्तेल पक्राउ हुनुपर्नेमा अन्यथा भएकोले क्षमाप्रार्थी हुँदै सच्याइएको छ । सं.)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved