काठमाडौं । धरानमा सामाजिक एवम् साम्प्रदायिक सद्भाव नबिथोल्न सुनसरीमा क्रियाशील १३ दलले संयुक्त आह्वान गरेका छन् । दलहरुबीच आज बसेको बैठकले शनिबार हुने भनिएको प्रदर्शनलगायतका कार्यक्रम स्थगित गर्न पनि आयोजकलाई अनुरोध गरेका छन् ।
गोरु काटेको भन्ने विषयले धरानमा उत्पन्न असहज परिस्थितिका कारण सामाजिक सद्भाव बिथोलिनसक्ने भन्दै राजनीतिक दलले यस्तो आह्वान गरेका हुन् ।
बैठकपछि दलहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो बहुलतायुक्त विशेषतालाई आत्मसात गर्द सबै जाति, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वैष तथा आस्थामा ठेस पुर्याउन गतिविधि नगरिदिनुहुन अनुरोध गर्दछौं ।’
धरानको स्थिति भड्कनसक्ने अनुमान गर्दै स्थानीय प्रशासनले भोलि दिनभरका लागि निषेधाज्ञासमेत जारी गरेको छ ।

Facebook Comment
Comment