एजेन्सी । च्याउ खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसलाई खाएर पनि तपाईं सजिलै तौल कम गर्न सक्नुहुन्छ । आउनुहोस् जानौं तौल कम गर्नका लागि च्याउ कसरी खाने ?
च्याउमा भिटामिन सी, कपर, भिटामिन डी, पोटाशियम तथा सेलेनियम जस्ता पोषक तत्वहरु पाइन्छ ।
तौल घटाउनका लागि तपाईं च्याउलाई सलादको रुपमा खान सक्नुहुन्छ । यसमा क्यालोरी एकदमै कम हुन्छ जसलाई खाँदा तपाईंको तौल सजिलोसँग कम हुन सक्छ ।
त्यस्तै च्याउको सुप बनाएर पनि पिउन सकिन्छ । यस्तो सुप पिउँदा मेटाबोलिज्म राम्रो हुन्छ, जसले शरीरमा जम्मा भएको अतिरिक्त बोसो सजिलै कम हुन्छ ।
च्याउको तरकारी खानु पनि तौल कम गर्नका लागि लाभदायक हुन सक्छ । यसमा पाइने पोषक तत्वले शरीरलाई ऊर्जाशील बनाइराख्छ जसले गर्दा तौल कम गर्नका लागि प्रभावकारी हुन्छ ।
तौल कम गर्नका लागि तपाईं च्याउलाई नास्तामा समावेश गर्न सक्नुहुन्छ । तपाईंले अमलेटमा च्याउ मिसाएर पनि खान सक्नुहुन्छ ।
त्यस्तै ब्राउन राइससँग च्याउ मिसाएर खाँदा पनि यसबाट पाइने पोषक तत्व राम्रोसँग पाइन्छ । जसले लामो समयसम्म पेटलाई भरिएको महसुस बनाइराख्छ जसले गर्दा तपाईं अतिरिक्त खानबाट जोगिनुहुन्छ यसरी पनि तौल कम गर्न सकिन्छ ।
Facebook Comment
Comment