एजेन्सी। ल्वांगको पानीमा एन्टिब्याक्टेरियल तथा एन्टीफंगल गुणका साथै दुखाइ कम गर्ने गुण पनि पाइन्छ ।
जसले दाँत तथा मुखसँग जोडिएको कैयौं समस्याहरूलाई कम गर्न सहयोग गर्छ । आउनुहोस् जानौं ल्वांग पानीले कुल्ला गर्दा हुने फाइदाहरूका बारेमा–
– ल्वांग दाँतका लागि एकदमै फाइदाजनक हुन्छ । ल्वांगको पानीले कुल्ला गर्दा दाँतमा लागेका किराहरु पनि नष्ट हुन्छन् ।
– ल्वांग पानीले कुल्ला गर्दा मुख तथा दाँतको गिजाहरू सुन्निएको निको हुनुका साथै दुखाइ पनि कम हुन्छ ।
– ल्वांगको पानीमा केही त्यस्ता गुणहरू हुन्छन् जसले स्वासको दुर्गन्ध आउन कम हुन्छ । दुर्गन्धको समस्या भए दैनिक रातमा सुत्नु अघि ल्वांगको पानीले कुल्ला गर्नुपर्छ ।
– दैनिक रातमा सुत्नुअघि ल्वांग पानीले कुल्ला गरेमा मुखमा भएका घाउहरू पनि निको हुन्छन् । यो पानीले मुखको पीएच लेबल सही गर्छ जसले गर्दा मुखको अल्सर जस्ता समस्याबाट राहत पाइन्छ ।
– मौसमी बिमारी जस्तै घाँटी दुख्ने तथा रुघाखोकी आदिबाट बच्नका लागि पनि ल्वांग पानीको प्रयोग गर्न सकिन्छ । यसले कुल्ला गर्दा मुखमा भएका नराम्रा ब्याक्टेरियाहरू मर्छन् जसले गर्दा यस्तो समस्याहरूबाट जोगिन सकिन्छ ।
– ल्वांग पानीले कुल्ला गर्नाले छातीमा भएको कफ पनि सजिलै बाहिर निस्कन्छ । यसका लागि ल्वांग पानीमा एक चिम्टी नुन राखेर मनतातो पानीले कुल्ला गर्नुहोस् ।
Facebook Comment
Comment