तीन वर्षभित्र फास्ट ट्रयाक बनिसक्ने मन्त्री ज्वालाको दाबी

नेपालभ्युज

तीन वर्षभित्र फास्ट ट्रयाक बनिसक्ने मन्त्री ज्वालाको दाबी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी तीन वर्षभित्र काठमाडौं-निजगढ  द्रुतमार्ग निर्माण कार्य सम्पन्न हुने दाबी गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो दाबी गरेका हुन् ।

मन्त्री ज्वालाले द्रुतमार्ग निर्माणका लागि २२ अर्ब रुपैयाँ बजेट व्यवस्था गरिएको पनि बताए । उनले मन्त्रालयको बजेट चालू आर्थिक वर्षको भन्दा करिव ३७ अर्ब घटेकाले सबै क्षेत्रको मागलाई सम्बोधन गर्न सकिने अवस्था नरहेको स्पष्टीकरण दिए ।

मन्त्री ज्वालाले सो द्रुतमार्गको निर्माण कार्यलाई नेपाली सेनाले तीव्रताका साथ अघि बढाएको पनि संसदलाई जानकारी गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved