काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरु पर्याप्त नभएको बताएकी छिन् ।
शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै सांसद श्रेष्ठले पश्चिम नेपालमा भूकम्प आउने खतरा भएको बताइए पनि सरकारले पर्याप्त पूर्वतयारीका कार्यक्रम नल्याएको भन्दै दुख व्यक्त गरिन् ।
उनले विपद् पोर्टल पालिकास्तरमा पु¥याउने कुरा बजेटमा उल्लेख भएपनि जनशक्तिको अभावमा कार्यान्वयन हुनसक्ने अवस्था नरहेको बताइन् । ‘विपद् व्यवस्थापनका तत्कालीन, मध्यम अवधि र दीर्घकालीन रणनीतिहरु पर्याप्त भएन’, उनले भनिन्, ‘यो बजेटको कार्यक्रममा पनि त्यो देखिएको छैन ।’
सांसद श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा संचालनमा ल्याइएको ‘हेलो सरकार’ कार्यक्रमलाई प्रभावकारी बनाउन पनि माग गरेकी छन् ।
Facebook Comment
Comment