‘७० वर्षे उमेरहद हटेको हो ?’ भन्ने प्रश्नमा बोलेनन् ओली

नेपालभ्युज

‘७० वर्षे उमेरहद हटेको हो ?’ भन्ने प्रश्नमा बोलेनन् ओली
फाइल तश्वीर

काठमाडौं । आइतबार (आज) दिउँसो नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाल कला परिषद्‌मा थिए । प्रदर्शनी अवलोकनका लागि त्यहाँ पुगेका उनी पत्रकारहरूको सवालको निशानामा परिहाले ।

त्यसक्रममा पत्रकारहरूले ‘एमालेमा ७० वर्षे उमेरहद हटेको हो ?’ भन्ने प्रश्न तेर्स्याए । तर, पत्रकारहरूले आफूहरूको प्रश्नको जवाफ भने पाएनन् । किनकि ओली त्यसबारे बोल्नै मानेनन् । बरु प्रश्न नसुनेको-नसुनेझैँ गरे र सरासर हिँडे, आफूलाई अवलोकनमै व्यस्त देखाए ।

पत्रकारहरूको प्रश्न सुनेर पनि उनले बोलेनन् । उनले ‘यी चित्रहरू राम्रा छन्’ भन्दै अगाडि बढे । दोहोरिएका पत्रकारहरूका प्रश्नलाई पनि उनले बालै दिएनन् ।

वामदेव-मुकुन्दको नाममा ७० वर्षे उमेरहद हटाएर पुन: अध्यक्ष बन्ने ओलीको ध्याउन्न !

९औं महाधिवेशनमा राखेको ७० वर्षे उमेरहद एमालेले हटाउँदैछ । सचिवालयस्तरमा त्यो प्रस्ताव पारितसमेत भइसकेको छ । यद्यपि १०औं महाधिवेशनमा सोही प्रावधानअनुरूप पदाधिकारी तथा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । सचिवालयले पारित गरेको उक्त प्रस्ताव अब विधान महाधिवेशनमा जाँदैछ ।

मुख्यगरी ओलीले पुन: आफैँ अध्यक्ष बन्नका लागि उक्त प्रस्ताव अघि बढाएका हुन् । यद्यपि उनले अरु दलहरूबाट पाका नेताहरू आउने भन्दै आन्तरिकरूपमा ‘ब्रिफिङ्ग’ गरेका छन् । वामदेव गौतम, मुकुन्द न्यौपानेलगायतका नेताहरूको नाम लिँदै उनले आफूलाई अध्यक्ष बन्ने बाटो बनाउँदैछन् । त्यसको पुष्टि पार्टीका नेताहरूलाई दिएका पछिल्लो जिम्मेवारीले पनि बताउँछ । उनले आफूलाई सहज हुनेगरी पछिल्लो जिम्मेवारी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved