गर्भनिरोधक औषधि : फाइदा भन्दा बेफाइदा धेरै

नेपालभ्युज

गर्भनिरोधक औषधि : फाइदा भन्दा बेफाइदा धेरै

एजेन्सी । गर्भनिरोध औषधि स्वास्थ्यका लागि एकदमै नोक्सानदायक हुन्छ । यसले शरीरसँगै छालामा पनि विभिन्न समस्याहरु ल्याउन सक्छ । गर्भनिरोधक औषधि लिँदा डन्डीफोर, दाग, चाउरीपन आदि हुन सक्छ । अनुहार एकदमै फुस्रो र खराब देखिन सक्छ ।

त्यस्तै गर्भनिरोधक औषधिको प्रयोगले टाउको दुख्ने समस्या पनि हुने गर्दछ । लगातार यसको प्रयोगले माइग्रेन  पनि हुन सक्छ । नियमित रुपमा गर्भनिरोधक औषधि प्रयोग गर्दा यौन स्वास्थ्यमा पनि यसको नराम्रो असर पर्दछ । यसले यौन इच्छामा कमी ल्याउने गर्दछ ।

त्यस्तै नियमित रुपमा गर्भनिरोधक औषधी खाँदा वान्ता हुने, वाकवाकी हुने आदि समस्या पनि हुन सक्छ । यस्तो समस्या नियमित रुपमा देखियो भने डाक्टरसँग अवश्य सल्लाह लिनुहोस् । गर्भनिरोधक औषधी खानाले तौल बढ्ने समस्या पनि हुन सक्छ । किनकी यसले शरीरभित्र कैयौं प्रकारका हर्मोनमा परिवर्तनहरु ल्याउने गर्दछ । जसले गर्दा शरीरकौ तौल बढ्दै जान्छ । यसरी हुने हर्मोनल परिवर्तनले गर्दा निद्राको कमी हुने तथा यस्ता औषधि खाइराख्ने गर्दा तनाव बढ्दै जान सक्छ ।

साथै गर्भनिरोधक औषधिको प्रयोगले यी बाहेक चिडचिड हुने, महिनावारीको साइकलमा परिवर्तन, मुड स्विंग्स आदि जस्ता समस्या पनि आउने गर्दछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved