संसदमा राखिएको नक्सा अशोका साम्राज्यको हो-भारतीय विदेशमन्त्री जयशंकर

नेपालभ्युज

संसदमा राखिएको नक्सा अशोका साम्राज्यको हो-भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले संसदको नयाँ भवनमा राखिएको नक्सा अशोका साम्राज्यको भएको प्रष्टिकरण दिएका छन् ।

यसबारेमा विदेश मन्त्रालयका प्रवक्ताले प्रष्ट पारिसकेको भन्दै विदेशमन्त्री जयशंकरले पनि उस्तै कुरा दोहोर्‍याएका हुन् ।

पत्रकार सम्मेलनमा संचारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘यसबारे प्रवक्ताले पहिले नै स्पष्ट पारिसक्नु भएको छ । नक्साको तलपट्टी राखिएको बोर्डमा यो अशोका साम्राज्य हो भनेर स्पष्ट लेखिएको छ ।’

भारतको नयाँ संसद भवनमा राखिएको नक्सामा हाल नेपाल, बंगलादेश, पाकिस्तान र अफगानिस्तानमा रहेका भूभाग पनि समेटिएको भन्दै विवाद भइरहेको छ ।

भारतले भने यसलाई भावनात्मक विषय भनेर राजनीतिक रुपमा नउचाल्न आग्रह गर्दै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved