मोरङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु, बसमा आगजनी

नेपालभ्युज

मोरङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु, बसमा आगजनी

विराटनगर। मोरङको बुढीगंगा र उर्लाबारीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–३ स्थित मंगलबारेमा बिहीबार यात्रुवाहक बसको ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भएको हो।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे. १ ख ३०७३ नम्बर बसले ठक्कर दिँदा झापा कमल गाउँपालिका–२ का ३४ वर्षीय पवन सुवेदीको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। विपरीत दिशाबाट आउँदै बसले प्रदेश १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट घटनास्थलमै सुवेदीको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरिदिएको प्रहरीले जनाएको छ।

आगजनीबाट यात्रु तथा उनीहरूको सामानमा क्षति नभएको र बसको बाहिरी भाग मात्रै जलेको छ। बस आगजनी हुनसाथ तत्कालै उर्लाबारीको दमकलको सहायताले आगो नियन्त्रणमा लिँदा क्षति धेरै हुन नपाएको प्रहरीले बतायो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved