सेल्लुसिटीले भित्र्यायो ‘प्रोमेट’ ब्रान्ड

नेपालभ्युज

सेल्लुसिटीले भित्र्यायो ‘प्रोमेट’ ब्रान्ड

काठमाडौं। नेपाली बजारमा भिभो मोबाइल लगायत एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता र वितरक सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रा.लिले आफ्ना ग्राहकसमक्ष उच्च गुणस्तरीय उपकरणको पहुँच बढाउनका निम्ति ताइवानको परिचित ‘प्रोमेट’ ब्रान्डका सामाग्री भित्राएको छ ।

सन् २०१७ मा स्थापना भएसँगै नेपाली बजारमा प्रवेश गरेको सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रा.लिले मोबाइल तथा अन्य प्रविधिका उपकरणहरूको बढ्दो मागलाई पूरा गर्दै आइरहेको छ । पूर्वदेखि पश्चिमभर प्रभावकारी वितरण संजाल भएको सेल्लुसिटीले अनलाइन माध्ययमबाट प्रोमेटका उपकरणहरू वितरण गर्ने सोच बनाउँदै दराज अनलाइन स्टोरसँग सहकार्य गरेको हो ।

प्राविधिक रूपले जानकार र उच्च गुणस्तरका उपकरण खोज्ने उपभोक्ताको आवश्यकतालाई पूरा गर्ने उद्देश्यले नेपालमा भित्राउन लागिएको बाण्ड ‘प्रोमेट’ एक ताइवान ब्रान्ड हो ।

सन् २००१ मा स्थापना भएर बजारमा आफ्ना उपकरणहरू उपलब्ध गराउँदै प्रोमेटले हालसम्म लाखौँ ग्राहकहरूको माया र प्रविधि क्षेत्रका थुप्रै पुरस्कारहरू समेत प्राप्त गर्न सफल भएको छ । स्मार्टफोन केस, ब्लुतुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन र युएसबी हब लगायत स्मार्ट वाचहरू उत्पादन गर्दै आएको यस कम्पनीका सामानहरू गुणस्तरीय र टिकाउ हुने गरेका छन् ।

उत्पादनमा नवीनता, गुणस्तर, र ग्राहक केन्द्रित सेवालाई प्राथमिकतामा राख्दै उच्च गुणस्तर प्रविधिद्वारा प्रयोगकर्ताको जीवनलाई सहज बनाउने लक्ष्य बोकेको प्रोमेटलाई नेपाल भित्राउँदै सेल्लुसिटीले प्रोमेटका सामाग्रीका खरिदमा प्रयोगकर्तालाई आकर्षक अफर दिने भएको छ । नेपालमा प्रोमेटको आगमनको उत्सव मनाउन जेष्ठ २४ मा काठमाडौंस्थित सोल्टी होटलमा सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रा.लिले उद्घाटन गर्दै आफ्ना अफर सार्वजनिक गरेको हो ।

स्मार्टफोन केस, ब्लुटुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन यूएसबी हब लगायतका सम्पूर्ण उपकरणमा २४ महिना र स्मार्ट वाचमा १२ महिनाको वारेन्टी दिँदै जेष्ठ ३२ सम्मको उद्घाटन अवधि भर दराज फ्लास सेलमार्फत आफना सामग्री खरिद गर्ने दुई जनालाई सेल्लुसिटीले एक–एक वटा सुनको सिक्का दिनेछ ।

त्यस्तै, पहिलो १५० ग्राहकलाई ३० प्रतिशत छुट र लक्की ड्रमार्फत ५ जनालाई प्रोमेटका सामाग्री केवल ९९ रुपैयाँमा प्रदान गर्ने योजना सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रा. लिले जनाएको छ । एक हप्ता लामो यो अफर दराज अनलाइन स्टोरमा फ्लास सेल नामले जेठ ३२ गतेसम्म लागू रहने कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved