एएफसी यू–२० महिला : नेपालको लगातार दोस्रो हार

नेपालभ्युज

एएफसी यू–२० महिला : नेपालको लगातार दोस्रो हार

काठमाडौं। एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।

म्यानमारको यानगोनस्थित थुवुन्ना स्टेडियममा बिहीबार भएको खेलमा नेपाल चीनसँग ५-० गोलअन्तरले पराजित भएको हो।

चीनको भने यो लगातार दोस्रो जित हो। यसअघि नेपाल म्यानमारसँग ५-० गोलअन्तरले पराजित भएको थियो।

शनिबार नेपालले आफ्नो तेस्रो खेलमा चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ। लगातार २ खेलमा पराजित भएको अंकविहीन नेपाल अंक तालिकाको पुछारमा छ भने चीन समूहको शीर्ष स्थानमा छ।

नेपालसँगै समूह ‘बी’मा म्यानमार, चीन र चाइनिज ताइपेई रहेका छन् भने  समूह ‘ए’मा   इरान लेबनान, भियतनाम, र अस्ट्रेलिया छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved