साफ च्याम्पियनसिपमा सहभागी हुने नेपालको अन्तिम टोली

नेपालभ्युज

साफ च्याम्पियनसिपमा सहभागी हुने नेपालको अन्तिम टोली

काठमाडौं। साफ च्याम्पियनसिपमा सहभागी हुने नेपालको अन्तिम टोली घोषणा गरिएको छ।

बिहीबार मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो आन्नेसले नेपाली टोलीको घोषणा गरेका हुन्।

प्रतियोगितामा नेपाल, कुवेत, भारत र पाकिस्तानको समूहमा रहेका छन्। प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल कुवेतसँग असार ६ गते खेल्नेछ।

दोस्रो खेलमा भने नेपाल र भारत असार ९ गते आमने-सामने हुनेछन्। असार १२ गते हुने खेलमा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको लागि तयारीवरुप नेपालले जेष्ठ ३२ गते फिलिपिन्ससँग अभ्यास खेल खेल्नेछ।

नेपालको अन्तिम टोली

गोलकिपर : किरण चेम्जोङ (आरजी पञ्जाब), दीप कार्की (मनाङ मर्स्याङ्दी क्लब), विशाल श्रेष्ठ (मछिन्द्र फुटबल क्लब)

डिफेन्डर : विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र फुटबल क्लब), निशान्त खड्का (संकटा क्लब), रोहित चन्द (पर्सिक केद्री), सिमन्त थापा (जावलाखेल युथ क्लब)

मिडफिल्डर :  पुजन उपरकोटी (मछिन्द्र फुटबल क्लब), अरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), नवीन लामा (एपीएफ फुटबल क्लब), मणिकुमार लामा (एपीएफ फुटबल क्लब), लकेन लिम्बु ९थ्री स्टार क्लब), आभास लामिछाने (एपीएफ फुटबल क्लब)

फरवार्ड : आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी फुटबल क्लब), दीपकराज सिंह ठकुरी (सातदोबाटो युथ क्लब), अञ्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), मनीष डाँगी (संकटा क्लब), आशिष चौधरी (चर्च ब्वाइज युनाइटेड) , विमल घर्ती मगर (मछिन्द्र फुटबल क्लब)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved