आयोगले बोलायो सर्वदलीय बैठक

नेपालभ्युज

आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौं। निर्वाचन आयोगले छलफलका लागि राजनीतिक दलहरूलाई आह्वान गरेको छ ।

आयोगले संघीय संसद् र प्रदेश सभामा प्रतिनिधित्व रहेका दलहरूलाई भोलि (शुक्रबार) साढे ११ बजे छलफलका लागि बोलाएको हो ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार जिल्ला निर्वाचन कार्यालय खारेज, आयोगले तर्जुमा गरेको निर्वाचन कानुन विधेयक, मतदाता नामावली संकलन, विदेशमा रहेका नेपाली नागरिकलाई आगामी साउनदेखि मतदाता नामावलीमा समेट्ने र राजनीतिक दलहरूको लेखापरीक्षण सम्बन्धमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved