७.२७ अंकले बढ्यो नेप्से, कारोबार २ अर्ब २८ करोड नाघ्यो

नेपालभ्युज

७.२७ अंकले बढ्यो नेप्से, कारोबार २ अर्ब २८ करोड नाघ्यो

काठमाडौं। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.२७ अंकले सामान्य बढेको छ । बिहीबार बजार ०.३८ प्रतिशतले  बढ्दै १९३९.६१ विन्दुमा उक्लिएको हो ।

यस दिन कुल २७३ धितोपत्रको ४३ हजार १२८ कारोबारबाट ५९ लाख ६२ हजार ९३ कित्ता सेयर किनबेच हुँदा  २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार बैंकिङ, होटल एन्ड टुरिजम, जलविद्युत् र उत्पादन तथा प्रशोधन उपसूचकबाहेक सबै उपसूचकमा वृद्धि देखियो । दोल्ती पावर र भूगोल इनर्जीको सेयर मूल्य सकारात्मक सर्किट लेवलमा बढ्यो ।

आज नेप्सेमा ४ समूहको सूचक घटेको छ । कारोबारमा आएका १३ मध्ये ४ वटा समूहको सूचकमा गिरावट आएको हो । आज बैङ्क, होटेल र टुरिजम, जलविद्युत् र उत्पादनमूलक समूहको सूचक घटेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved