‘परम्परागत पुँजीवादी र साम्यवादी बाटोबाट जति बल गरेपनि विशिष्ट समस्या हल हुँदैनन्’

नेपालभ्युज

‘परम्परागत पुँजीवादी र साम्यवादी बाटोबाट जति बल गरेपनि विशिष्ट समस्या हल हुँदैनन्’

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ समाजवादी शक्तिको अपरिहार्य भएको बताएका छन् । बिहीबारदेखि सुरू भएको नेसपा तेस्रो केन्द्रीय पूर्ण बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा भट्टराईले यस्तो औंल्याएका हुन् ।

“भूमण्डलीकृत पुँजीवादले विश्वव्यापी रूपमा सिर्जना गरेको अभूतपूर्व वस्तु र सेवाको प्रचुरताको बीचमा वितरणको तीव्र असमानता, पुँजीवादी भारत र साम्यवादी चीनको बीचमा रहेको देशको संवेदनशील भूराजनीति र देशभित्रको किनारा पुँजीवादको दुष्चक्रमा परेको पराश्रित तथा अल्पविकसित अर्थ–राजनीति र चरम वर्गीय, जातीय, क्षेत्रीय विविधता र असमानताको समस्या हल गर्न नेपालको निम्ति नयाँ समाजवादी राजनीतिक विकल्प अनिवार्य भइसकेको छ,” प्रस्तावमा भनिएको छ ।

परम्परागत पुँजीवादी र साम्यवादी बाटोबाट जति बल गरेपनि विशिष्ट समस्याहरूको निराकरण नहुने निष्कर्ष भट्टराईको छ । “परम्परागत पुँजीवादी बाटो र साम्यवादी (राज्य समाजवादी) बाटोबाट जति बल गरेर पनि यी युगीन र विशिष्ट समस्या हल हुनेवाला छैनन् । बरु अझै पेचिलो बन्दै जानेछन्,” प्रस्तावमा भनिएको छ ।

‘देशमा नयाँ समाजवादी विकल्प निर्माण गरौं’- नेसपा अध्यक्ष भट्टराई (राजनीतिक प्रतिवेदनसहित)

विकल्पका रूपमा संसारका विभिन्न देशमा झुल्का उठेका र नेपालमा पनि उदय हुन खोजेको विभिन्न रूप र रंगका ‘लोकप्रियतावादी’ शक्तिहरूबाट पनि यो जटिल अन्तरविरोधको दीगो समाधान सम्भव नभएको ठम्याइँ भट्टराईको छ । कारणमा उनी भन्छन्, “किनकि स्पष्ट मार्गनिर्देशक सिद्धान्त र कार्यदिशाबिनाको केही मुद्दाकेन्द्रित लोकप्रियतावाद अन्ततः सारमा यथास्थितिवाद नै हुन्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved