विनोद चौधरीले महिलाको अपमान गरेपछि सांसदहरुले जनाए आपत्ति, रेकर्डबाट हटाइयो

नेपालभ्युज

विनोद चौधरीले महिलाको अपमान गरेपछि सांसदहरुले जनाए आपत्ति, रेकर्डबाट हटाइयो

काठमाडौं। सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद विनोद चौधरी बोलिरहँदा नेकपा (एमाले)का सांसदले नियमापत्ति गरेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले ‘जब पर्‍यो राति, अनि बुढी ताती’ भन्ने उखान बोलेका थिए ।

त्यसपश्चात् एमालेका महिला सांसदले नेपाली उखान लिएर नेपाली महिलामाथि आक्रमण भन्दै यो शब्दावली रेकर्डबाट हटाउन माग गरे ।

उक्त वाक्य लैङ्गिकमैत्री नभएको भन्दै सभामुख देवराज घिमिरेले रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved