एएफसी यू–२० महिला : नेपाल र चीन भिड्दै

नेपालभ्युज

एएफसी यू–२० महिला : नेपाल र चीन भिड्दै

काठमाडौं। एएफसी यू–२० महिला एसियन कप फुटबल प्रतियोगिताको छनोटको दोस्रो चरणमा नेपालले दोस्रो खेल खेल्दैछ। म्यानमारको याङगुनस्थित थुवुन्ना स्टेडियममा बिहीबार हुने खेलमा नेपाल र चीन दिउँसो २ः४५ बजे आमने-सामने हुनेछन्।

छनोटमा नेपाल पहिलो जितको खोजीमा छ भने चीन दोस्रो जितको खोजीमा छ। नेपाल पहिलो खेलमा भने म्यानमारसँग ५–० गोलअन्तरले पराजित भएको थियो।

नेपालसँगै समूह ‘बी’मा म्यानमार, चीन र चाइनिज ताइपेई रहेका छन्। समूह ‘ए’मा भने इरान लेबनान, भियतनाम, र अस्ट्रेलिया छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved