प्रतितोला १ हजार रुपैयाँले घट्यो सुन

नेपालभ्युज

प्रतितोला १ हजार रुपैयाँले घट्यो सुन

काठमाडौं। आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै आज १ हजार रुपैयाँले सुनको मूल्य  घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार १५० रुपैयाँ तय भएको जनाएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँले गिरावट आई १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved