कालिकोटमा स्टार्ट गरेर राखेको जीप सडकबाट खस्दा दुई जनाको मृत्यु

स्थानीयका अनुसार चालकले स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी सरेर खोलामा खसेको हो ।

कालिकोटमा स्टार्ट गरेर राखेको जीप सडकबाट खस्दा दुई जनाको मृत्यु

कालिकोट । कालिकोटमा स्टार्ट गरेर राखेको जिप पल्टिँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

रास्कोट नगरपालिका वडा नम्बर २ सेरा बजारमा स्टार्ट गरेर न्युट्रलमा राखेको जीप सडकबाट खसेको हो । जीपमा रहेका रास्कोट-१ लहरेलाका मनबहादुर शाही र उनकी श्रीमती मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

बसपार्कबाट जितेका लागि छुट्न लागेको ब १ च ४६४१ नम्बरको बोलेरो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला खोलामा खसेको थियो ।

मृतक शाही नेपाली कांग्रेसका वडा सभापति पनि हुन् । जीपमा रहेकी रिता सिँह गम्भीर घाइते भएकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved