भक्तपुरमा दिउँसै कोठा फुटाएर १८ लाखको सुन र नगद चोरी

नेपालभ्युज

भक्तपुरमा दिउँसै कोठा फुटाएर १८ लाखको सुन र नगद चोरी

भक्तपुर । भक्तपुरका दुई ठाउँबाट सुनका गरगहना र नगद गरी १८ लाख रुपैयाँभन्दा बढीको चोरी भएको छ ।  मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा हिजो बुधबार नगद र गरगहना चोरी भएको हो ।

चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्मला वनको घरबाट दिउँसै ढोकाको ताला फुटाइ १० लाख ९६ हजार छ सय २५ रुपैयाँ बराबरको सुनको गहना र नगद ३१ हजार रुपैयाँ चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

त्यस्तै, प्रहरीका अनुसार झापा दमक नगरपालिका–३ घर भइ मध्यपुरथिमि नगरपालिका–३ कौशलटार कुटु टोलमा बस्ने बबिता भट्टराईको डेराबाट सात लाख १२ हजार रुपैयाँ बराबरको सुनका गरहगहना र १६ हजार रुपैयाँ नगद चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्नको खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved