स्याङ्जामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

नेपालभ्युज

स्याङ्जामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

स्यांजा । अर्जुन चौपारी गाउँपालिका–३ खोलेमा जिल्ला समन्वय समितिको पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बुधबार साँझ शिरुबारीबाट खोले हुँदै रापाकोट जानेक्रममा बा १ झ ५८७८ नम्बरको पिकअप गाडी दुर्घटना भएको हो।

दुर्घटनामा चालक ३५ वर्षीय अमृत खनालको मृत्यु भएको हो।  चालकको घटनास्थलमै मृत्यु भएको अर्जुन चौपारी गाउँपालिका स्वास्थ्य प्रमुख ईश्वर केसीले जानकारी दिए। गाडी भिरमा अड्किएको छ।

गाडीमा सवार जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत सुपरभाइर टिकाराम पौडेल र अम्बिका पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ। 

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।  


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved