के गर्भावस्थामा जामुन खानु उपयुक्त हो ?

नेपालभ्युज

के गर्भावस्थामा जामुन खानु उपयुक्त हो ?

एजेन्सी । जामुनको सेवनले  स्वास्थ्यका लागि त एकदमै फाइदा गर्दछ तर के गर्भावस्थाको बेला पनि यसको सेवन राम्रो हुन्छ त ? यसबारेमा विशेषज्ञहरुको भनाई के छ जान्ने प्रयास गरौं ।

गर्भावस्थाको बेला जामुनको सेवन गर्न सकिन्छ तर यसलाई सीमित मात्रामा नै खानु पर्दछ । दिनमा ५ देखि ६ वटा जामुनको सेवनले आमा र शिशुलाई कुनै प्रकारको समस्या हुँदैन ।

जामुनमा भिटामिन सी को मात्रा प्रसस्त हुन्छ जसले गर्दा यसको सेवनले गर्भावस्थाको बेला हेमोग्लोबिनको लेवल बढ्दछ ।

हेमोग्लोबिनको मात्रा बढेमा गर्भावस्थाको बेला थकान तथा कमजोरीको समस्या हुँदैन ।

त्यस्तै गर्भावस्थाको बेला सुगरको मात्रा बढ्ने आशंका हुन्छ यस्तोमा जामुनको सेवनले तपाईंलाई एकदमै फाइदा गर्दछ । जामुनमा ग्लाइसेमिक इन्डेक्स कम हुन्छ, जो मधुमेह  पिडीत महिलाहरुका लागि फाइदाजनक हुन्छ ।

गर्भावस्थाको बेला जामुनको अत्यधिक सेवन गर्नाले रगतमा चिनीको मात्रा घट्न सक्छ जो आमा र बच्चा दुबैको स्वास्थ्यका लागि  हानिकारक हुन सक्छ ।

कतिपय डाक्टरको भनाइअनुसार गर्भावस्थाको बेला अत्यधिक जामुनको सेवनले घाँटी दुख्ने तथा कफ आदिको समस्या पनि हुन सक्छ । जो गर्भावस्थाको बेला हानिकारक हुन सक्छ ।

जामुनलाई कहिल्यै पनि खाली पेट खानु हुँदैन । यसो गर्नाले पेटसँग जोडिएका समस्या पनि हुन सक्छन् । दुध पिउने बित्तिकै जामुनको सेवन गर्नाले एसिडिटी बढ्ने समस्या हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved