गर्मीमा लसुन खान हुन्छ कि हुँदैन ? जानौं

नेपालभ्युज

गर्मीमा लसुन खान हुन्छ कि हुँदैन ? जानौं

एजेन्सी । औषधीय गुणले भरपूर लसुनको सेवन गर्नाले शरीरले कैयौं प्रकारका लाभ प्राप्त गर्छ । यसमा कैयौं त्यस्ता जरुरी पोषक तत्व हुन्छन् । तर गर्मीमा लसुन खाने बारे मानिस द्विविधामा हुन्छन् ।

लसुनको भित्री गुण तातो हुने भएकाले गर्मी मौसममा खानु सही हुन्छ कि हुँदैन भन्ने जिज्ञासाको विषय हो । तर गर्मी मौसममा पनि सीमित मात्रामा लसुनको सेवन गर्न सकिन्छ ।

लसुनमा भिटामिन ए, बी १, बी ६, म्याग्नीज, कपर, फस्फोरस, एन्टीफंगल, एन्टीब्याक्टेरियल आदि गुण पाइन्छन् । यस्ता गुणले शरीरमा खराब कोलेस्ट्रोल कम गर्न सहयोग गर्दछन् ।

त्यसैगरी यो पाचन प्रक्रियाका लागि पनि राम्रो हुन्छ । यसले पाचन प्रणालीलाई सही बनाउँछ । साथै यसले रक्तचापलाई पनि नियन्त्रित गर्दछ ।

लसुनलाई एन्टीएजिंग फुड पनि मानिन्छ । यसको सेवन गर्नाले शरीरमा समय भन्दा पहिले नै देखिने उमेरको प्रभावमा कमी आउँछ । त्यस्तै लसुनमा एन्जीन नामक तत्व हुन्छ जसले मुटुसम्बन्धी समस्यामा काम गर्दछ ।

त्यसैगरी लसुनको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ । जसले गर्दा भाइरल तथा संक्रमणबाट जोगिन सहयोग पुग्छ । त्यसैले गर्मी समयमा पनि थोरै मात्रामा लसुनको सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved