आँपको पात चबाउनु पनि हुन्छ फाइदाजनक

नेपालभ्युज

आँपको पात चबाउनु पनि हुन्छ फाइदाजनक

एजेन्सी । आँपको पातमा कैयौं त्यस्ता गुणस्तरीय पोषक तत्व पाइन्छन् जो स्वास्थ्यसँग जोडिएका समस्यालाई कम गर्न सहयोगी हुन्छन् । आउनुहोस् जानौं आँपको पात चबाएर त्यसको रस सेवन गर्दा हुने फाइदाहरुका बारेमा–

पाचन प्रक्रियाको कार्यक्षमतालाई बुस्ट गर्न स्वास्थ्यलाई राम्रो गराउनका लागि आँपको पात चबाएर त्यसको रस सेवन गर्न सकिन्छ । आँपको पातमा फाइबरको राम्रो मात्रा हुन्छ जसले पाचन सम्बन्धी समस्या कम गर्न मद्दत गर्छ ।

आँपको पात चबाउनु र त्यसको रसको सेवन गर्नु हृदयका लागि पनि एकदमै फाइदाजनक हुन्छ । आँपको पातमा कैयौं त्यस्ता एन्टीअक्सीडेन्ट गुणहरु पाइन्छन् जो बढिरहेको रक्त सञ्चार तथा कोलेस्ट्रोललाई नियन्त्रण गर्न पनि सहयोगी हुन्छन् ।

मधुमेहको समस्या भएका व्यक्तिले पनि आँपको पात चबाउनु एकदमै फाइदाजनक हुन्छ । यसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्ने गर्दछ ।

यदि तपाईं नियमित आँपको पातको सेवन गर्नुहुन्छ भने यसले शरीरमा भएको विषाक्त पदार्थलाई पनि बाहिर निकाल्ने गर्दछ । जसले गर्दा शरीर डिटक्स हुन्छ ।

यसले रोग प्रतिरोधात्मक क्षमतामा पनि प्रभाव पार्छ । जसले गर्दा रुघाखोकी लाग्ने समस्या कम गर्छ ।

तौल कम गर्न पनि आँपको पात चबाउनु उत्तम हुन्छ । यसको सेवनले मेटाबोलिज्म बुस्ट हुन्छ, जसले बोसोलाई बर्न गर्न सहयोग गर्छ र तौल कम हुन थाल्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved