नागरिकता विधेयकमा कोही बाधक नबनोस् : नेता निधि

नेपालभ्युज

नागरिकता विधेयकमा कोही बाधक नबनोस् : नेता निधि
फाइल तस्वीर ।

महेन्द्रनगर ।  नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नागरिकता विधेयक संविधान कार्यान्वयनसँग जोडिएको र संविधान कार्यान्वयनको दायित्व न्यायपालिकाको समेत रहेकाले अवरोधक नबन्न आग्रह गरेका छन् ।

बुधबार जनकपुरधाममा अयोजित नेपाल मुस्लिम संघ धनुषाको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा पूर्वउपप्रधान तथा गृहमन्त्री निधिले बुवाआमाको नागरिकता भएर पनि सन्तान नागरिकताविहीन रहेको अवस्था मधेसको घर–घरको समस्या रहेकाले संविधानको अवधारणाविपरीत नागरिकको भविष्यसँग खेलबाड गर्ने अधिकार कसैलाई नरहेको बताए ।

जेठ २६ गते अदालतले दुवै पक्षलाई बोलाएको जानकारी गराउँदै निधिले अदालत संविधानको मर्मअनुसार नै आएको नागरिकता कानूनको बाधक नबन्नेमा कांग्रेसलाई विश्वास रहेको भन्दै यदि अवरोध भए आन्दोलनको तयारी अवस्थामा रहन नेता, कार्यक्रतालाई निर्देशन दिए ।

नेता निधिले यो सरकार पाँच वर्ष चल्ने र तीन जना प्रधानमन्त्री बन्ने समेत बताए । पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ (हाल), दोस्रो माधव नेपाल र तेस्रो शेरबहादुर देउवा हुने नेता निधिले स्पष्ट पारे ।

उनले आगामी संसदीय निर्वाचनमा नेपाली कांग्रेस एक्लै चुनाव लड्नुपर्ने पक्षमा आफू रहेको समेत बताए । नेता निधिले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको जिकिर गर्दै मुस्लिम समुदायको भलो चाहने पार्टी कांग्रेसबाहेक अरु हुनै नसक्ने बताए ।

आफ्नो पहलकदमीमा नेपालमा पहिलोपटक मदरसालाई सरकारको औपचारिक सहयोग हुन थालेको स्मरण गर्दै निधिले संघको धनुषा अधिवेशन सर्वसम्मत गरी २०८४ सालमा तीनै तहको निर्वाचन कांग्रेसले एक्लै जित्ने गरी अभियानमा लाग्न निर्देशनसमेत दिए ।

कार्यक्रममा कांग्रेसका नेता तथा मधेस प्रदेशसभा सदस्य रामसरोज यादव, कांग्रेस धनुषा सभापति योगेन्द्र पजियार, जनकपुरधामका नगरप्रमुख मनोजकुमार साह, उपप्रमुख किशोरी साह, सङ्घका अध्यक्ष इब्राहिम राइनसहितले आ–आफ्नो धारणा राखेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved