‘ए’ डिभिजन लिग : मछिन्द्रले हरायो हिमालयन शेर्पालाई

नेपालभ्युज

‘ए’ डिभिजन लिग : मछिन्द्रले हरायो हिमालयन शेर्पालाई

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्रले हिमालयन शेर्पालाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

मछिन्द्रका लागि ओलावाले र विमल घर्ती मगरले गोल गरे। हिमालयन शेर्पाको लागि पिस्टोन मुटुम्बाले गोल गरे। खेलको २६औं मिनेटमा विमलले हेडरमार्फत गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए। ६८औं मिनेटमा ओलावालेले मछिन्द्रको लागि दोस्रो गोल गरे। ७७औं मिनेटमा पाएको पेनाल्टीमा ओलावालेले मछिन्द्रका लागि तेस्रो गोल गरे। खेलको ९०औं मिनेटमा पिस्टोनले फ्रिकीकमा गोल गर्दै हिमालयन शेर्पाका लागि गोल गरे।

२५ खेलबाट ४२ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा छ। हिमालयनले २५ खेलबाट ३१ अंक जोडेको छ। यस्तै, च्यासल रंगशालामा भएको न्युरोड टिम एनआरटीले मनाङ मर्स्याङ्दीलाई १–० गोलअन्तरले पराजित गर्‍यो।

एनआरटीका लागि दीपेश आलेले गोल गरे। खेलको १७औं मिनेटमा दीपेशले एनआरटीको लागि गोल गरे। एनआरटीले २५ खेलबाट ३३ अंक जोड्दा मनाङले ३२ अंक जोडेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved