हात धुँदा गर्न नहुने गल्ती

नेपालभ्युज

हात धुँदा गर्न नहुने गल्ती

एजेन्सी । धेरै मानिस हात धुने बेला जानी नजानी केही गल्ती गर्छन् जसले गर्दा हात सफा हुँदैनन् । त्यसैले हात धुने बेला यस्ता गल्ती गर्नबाट बच्नु पर्दछ ।

हात पूर्ण रुपमा नधुने

कतिपय अवस्थामा हतार भएर मानिसले हात राम्रोसँग धुँदैनन् । त्यसैले आफ्नो हातको पञ्जा मात्र नभएर हातको अघि पछि दुवै भाग र नाडीसम्म राम्रोसँग धुनुपर्दछ ।

छिटो छिटो धुने

हतारमा हात धुँदा ब्याक्टेरिया राम्रोसँग पखालिँदैनन् । त्यसैले हातलाई कम्तीमा २० देखि ३० सेकेन्ड आरामले मिच्नुपर्छ र राम्रोसँग पानीले पखाल्नुपर्दछ ।

हात नसुकाउनु

हातलाई जति धुन जरुरी हुन्छ त्यति नै सुकाउन पनि । हात गिलो हुँदा ब्याक्टेरिया आउने खतरा हुन्छ । त्यसैले हात धुएपछि सफा कपडा वा टिस्युले राम्रोसँग हात सुकाउनु पर्दछ ।

फोहोर कपडाले हात पुछ्नु

जति राम्रोसँग हात धोए पनि यदि फोहोर कपडाले हात पुछियो भने केही फाइदा हुँदैन । त्यसैले हात पुछ्ने कपडा सधैं सफा राख्नु पर्दछ ।

स्यानिटाइजरको प्रयोग

त्यस्तो त स्यानिटाइजरको प्रयोगले पनि हात सफा गर्न सकिन्छ । तर यो हात धुन नसक्ने परिस्थितिमा मात्र प्रयोग गर्नु पर्दछ । यदि तपाईं घरबाहिर हुनुहुन्छ भने स्यानिटाइजरको प्रयोग अवश्य गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved